DHKHABAR

All news at one place

समाचार

अमेरिकी विदेशमन्त्री किन जाँदैछन् चीन?

जनकपुरधाम – अमेरिकी विदेशमन्त्री एन्टनी ब्लिंकन तीनदिने भ्रमणका लागि चीन जाने भएका छन्।

ब्लिंकन २४ अप्रिलका दिन चीन भ्रमणमा जान लागेका हुने।

उनी २६ अप्रिलसम्म त्यहाँ बस्ने बताइएको छ।

भ्रमणका क्रममा विदेशमन्त्री ब्लिंकनले बेइजिङ र संघाइमा चिनियाँ अधिकारीहरूसँग भेटवार्ता गर्नेछन्।

अमेरिकी विदेश मन्त्रालयले जारी गरेको बयानअनुसार ब्लिंकन चिनियाँ अधिकारीहरूसँग दुई देशबीचको सम्बन्धबारे छलफल गर्नेछन्।

यसका साथै मध्यपूर्वमा जारी तनाव, रूस–युक्रेन युद्ध र दक्षिण चीन सागरका मुद्दामा पनि ब्लिंकन र चिनियाँ अधिकारीबीच कुराकानी हुने बताइएको छ।

 

Author

SHARINGS

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *