जनकपुरधाम- हमास समूहको आक्रमणमा परी इजरायलमा ज्यान गुमाएका धनुषाका आनन्द साहको परिवारलाई मधेस प्रदेस सरकारले आर्थिक सहयोग गरेको छ।
प्रदेस सरकारले घोषणा गरेअनुसार आनन्दको परिवारलाई पाँच लाख आर्थिक सहयोग गरेको हो।
मुख्यमन्त्री सरोजकुमार यादवले शुक्रबार आनन्दका बुबा सोमन साहलाई पाँच लाख बराबरको चेक हस्तान्तरण गरे।
गत असोज २० गते इजरायलको मध्य र दक्षिण क्षेत्रमा हमास समूहले आक्रमण गर्दा धनुषा लक्ष्मीनियाँ गाउँपालिका–४ बस्ने आनन्दसहित १० जना नेपाली विद्यार्थीको मृत्यु भएको थियो।
आनन्द कृषि विश्वविद्यालयका तर्फबाट अध्ययन भ्रमणका लागि घटना हुनुभन्दा केही दिनअघि मात्र इजरायल गएका थिए।
हमासको आक्रमणमा परेर वेपत्ता भएका सुदूरपश्चिमका विपिन जोशीको अवस्था अझै अज्ञात छ।
Leave a Reply