जनकपुरधाम- धनुषामा मोटरसाइकलको ठक्करबाट एक जना वृद्धको मृत्यु भएको छ।
विदेह नगरपालिका–७ बेलापट्टीमा मोटरसाइकलको ठक्करबाट स्थानीय ६५ वर्षीय रामरतन मण्डलको मृत्यु भएको हो।
पैदल हिँडिरहेका मण्डल मधेस प्रदेस ०२–००७ प २९४३ नम्बरको मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका थिए।
उनको उपचारको क्रममा प्रादेशिक अस्पताल जनकपुरमा मृत्यु भएको धनुषा प्रहरीका प्रवक्ता डिएसपी रञ्जन अवाले जानकारी दिए।
मोटरसाइकल चालक विदेह नगरपालिका–६ एकराहीका ३० वर्षीय रोहित मण्डल फरार छन्।
उनको मोटरसाइकल भने प्रहरीले एकराहीबाट बरामद गरेको छ।
Leave a Reply