DHKHABAR

All news at one place

राजनीति

एकीकृत समाजवादीले दक्षिणपन्थी अवसरवादी चरित्र देखायो : ओली

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एकीकृत समाजवादीले नांगो रूपमा दक्षिणपन्थी अवसरबादी चरित्र प्रकट गरेको बताएका छन्।

सोमबार पार्टीको संसदीय दलको बैठकमा सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन्।

उनले एकीकृत समाजवादीले सरकारमा बार्गेनिङ गरिरहेको आरोपसमेत लगाए।

सुदूरपश्चिम प्रदेसमा एकीकृत समाजवादीले अराजनीतिक निर्णय गरेर अवसरवादी चरित्र प्रकट गरेको पुष्टि भएको ओलीको भनाइ छ।

‘एकीकृत समाजवादीले विपक्षीलाई आशा पलाउने गरी जनतामा आशंका र निराशा केही मात्रामा भए पनि कदम चाल्यो। आन्तरिक रूपमा बोली व्यवहार, बार्गेनिङ त छँदै थिए, तर हिजो बाहिर नै प्रकट भयो। कांग्रेस केन्द्रित समीकरणबाट सहकार्य गरेर नागरिक उन्मुक्तिलाई नै समर्थन गरिरहेको छ,’ उनले भने।

ओलीले एकीकृत समाजवादीले कम्युनिसट साइन बोर्ड राखेर समाजवादलाई कमजोर पार्ने काम गरिरहेको दाबी गरे।

मन्त्रालयको लफडामा फस्नु अहिलेको अभिभारा नभएकाले गृह मन्त्रालय छाडेर अन्य मन्त्रालय लिएर भए पनि नयाँ समीकरण बनाएको उनले बताए।

 

 

Author

SHARINGS

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *