DHKHABAR

All news at one place

समाचार

इरानले इजरायलमाथि किन गर्‍यो आक्रमण?

जनकपुरधाम- इरानले आफ्नो भूमिबाट इजरायलमाथि पहिलोपटक सोझै आक्रमण गरेपछि इजरायलले त्यसको जबाफ दिनसक्ने र लडाइँ चर्किनसक्ने अनुमान गरिएको छ।

एक इजरायली मन्त्रीले यथोचित समयमा इरानसँग यो आक्रमणको मूल्य चुक्ता गराउने बताएका छन्।

इरानले इजरायलबाट प्रत्याक्रमण भए आफू अझ ठूलो कदम चाल्ने चेतावनी दिएको छ।

इरानी सेनाका प्रमुख मेजर जनरल मोहम्मद बघेरीले इरानको सरकारी टेलिभिजनमा बोल्दै इरानले प्रतिक्रिया जनाएको खण्डमा शनिबार रातिको भन्दा ठूलो कारबाही गर्ने चेतावनी दिएको समाचारसंस्था रोयटर्सले जनाएको छ।

इरानले वाशिङ्टनलाई पनि चेतावनी दिँदै इजरायली प्रतिक्रियामा साथ दिएमा अमेरिकी सैन्य आधारहरूलाई निशाना बनाउने बताएको छ।

इरानी आक्रमणपछि संयुक्त राज्य अमेरिकाले इजरायललाई समर्थन गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।

यद्यपि यो घटना चर्किएर युद्ध हुनुपर्छ भन्ने पक्षमा राष्ट्रपति जो बाइडेन नरहेको अमेरिकाको राष्ट्रिय सुरक्षा परिषदका प्रवक्ता जोन कर्बीले बताएका छन्।

यदि इजरायलले इरानमाथि सैन्य कारबाही ग¥यो भने अमेरिका त्यसमा संलग्न नहुने जानकारी बाइडेनले इजरायललाई गराइसकेको विवरण सिएनएनले प्रकाशित गरेको छ।

इरानले किन गर्‍यो आक्रमण

अप्रिल १ मा सिरियास्थित एउटा इरानी कूटनीतिक नियोगमा एउटा घातक हवाइ आक्रमण भएको थियो। त्यसमा एक सैन्य कमान्डरसहित केही इरानी अधिकारीको मृत्यु भएको थियो।

इरानले त्यो आक्रमण इजरायलले गराएको आरोप लगाएको थियो र त्यसको प्रतिशोध लिने उद्घोष गरेको थियो।

इजरायलले उक्त घटनामा आफू संलग्न भए नभएको केही पनि बताएको थिएन।

सिरियाको रक्षा मन्त्रालयका अनुसार इजरायली विमानले दमास्कस्थित इरानी नियोगमा अधीनस्थ गोलन हाइटतर्फबाट हमला गरेको थियो।

उसका अनुसार सिरियाली हवाइ प्रतिरक्षा प्रणालीले इजरायलले प्रहार गरेका केही क्षेप्यास्त्रलाई नष्ट गरिदिएको भए पनि केही अरूले पूरा भवनलाई ध्वस्त पारेको र त्यहाँ भएका मानिसहरू हताहत भएका थिए। (बिबिसीबाट)

SHARINGS

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *