सम्पत्ति छानबिन गर्न कांग्रेसले संसदमा दर्ता गर्‍यो प्रस्ताव, सम्भव होला छानबिन?

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले २०४७ सालयता सार्वजनिक पद धारण गर्ने सबैको सम्पत्तिउपर छानबिन गर्न उच्चस्तरीय समिति बनाउन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई आग्रह गरेका छन्।

महामन्त्री शर्माले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को मागअनुसार सार्वजनिक अपिल गर्दै प्रधानमन्त्रीलाई यस्तो आग्रह गरेका हुन्।

उनले सामाजिक सञ्जालमार्फत रास्वपाले अघि सारेअनुसार २०४७ यता सार्वजनिक पद धारण गर्ने सबैको सम्पत्तिउपर छानबिन गर्न उच्चस्तरीय समिति बनाउन तथा सहकारी ठगीबारे संसदीय छानबिन समिति गठन गर्न आग्रह गरेका छन्।

‘सम्मानीय २एः)लभउब िलाई सार्वजनिक अपिल! १) विगतदेखि हामी सबैले माग गर्दै आएको २०४७ यता सार्वजनिक पद धारण गर्नेको सम्पत्तिउपर उच्चस्तरीय छानबिन समितिको माग रास्वपाले अहिले जो अघि सारेको छ, यो उपयुक्त छ। गठन गरौं। ) सहकारी ठगीबारे संसदीय छानबिन समिति गठन गरौं!’ शर्माले सामाजिक सञ्जाल एक्समा लेखेका छन्।

यसैबीच कांग्रेसका तीन सांसदहरूले रास्वपाको प्रस्ताव स्वीकार गर्दै मंगलबारै संसदमा सार्वजनिक महत्वको प्रस्ताव दर्ता गरेका छन्।

कांग्रेस उपसभापति धनराज गुरुङसहित तीन जना सांसदले संसच सचिवालयमा सार्वजनिक महत्वको प्रस्ताव नै दर्ता गरेका हुन्।

उपसभापति गुरुङसहित सहमहामन्त्रीद्वय बद्रीप्रसाद पाण्डे र जीवन परियारले गत चैत २३ गते संसद सचिवालयमा दर्ता गरेको उक्त प्रस्तावमा २०४८ सालमा गठित न्यायिक जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक एवं कार्यान्वयन गर्न माग गरिएको छ।

त्यसपछि सार्वजनिक पदधारण गरेका वा उच्च ओहोदामा रहेको व्यक्तिको सम्पत्ति छानबिन गर्न जाँचबुझ आयोग ऐनअनुसार छानबिन आयोग गठन गर्नुपर्ने उल्लेख गरिएको छ।

SHARINGS

Leave a Reply

Your email address will not be published. Required fields are marked *