जनकपुरधाम- प्रहरीले बाराबाट दुई जना हुन्डी कारोबारीलाई १३ लाख बढी नगदसहित पक्राउ गरेको छ।
बाराको विश्रामपुर गाउँपालिका–४ मुसहर्वास्थित सडक खण्डमा चेकजाँचको क्रममा प्रहरीले १३ लाख ५० हजार नगदसहित पक्राउ गरेको हो।
पक्राउ पर्नेमा पर्सा पोखरिया नगरपालिका–१ बनकटवा बस्ने ३४ वर्षीय हरिकिशोरप्रसाद पटेल र बारा गढीमाई नगरपालिका–१ का ४२ वर्षीय रमेशप्रसाद कुशवाहा रहेको प्रहरीले जनाएको छ।
प्रदेश २–०३–०१६ प २३३७ नम्बरको मोटरसाइल चढेर भारतबाट नेपालतर्फ आइरहेका उनीहरूलाई प्रहरीले गोप्य सूचनाको आधारमा चेकजाँच गरेको थियो।
चेकजाँचका क्रममा बरामद भएको १३ लाख ५० हजार रूपैयाँको उनीहरूले स्रोत खोलाउन नसकेको प्रहरीले जनाएको छ।
पक्राउ परेका दुवै जना अवैध तरिकाबाट रकम ओसारपसार गर्ने कार्यमा संलग्न गरेको प्रहरीको आशंका छ।
पक्राउ परेका दुवै जनामाथि आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।
Leave a Reply