DHKHABAR

All news at one place

समाचार

गठबन्धन स्वीकार गर्नु राजनीतिक बाध्यता : निधि

रोल्पा – नेपाली कांग्रेसका पूर्वउपसभापति एवं प्रतिनिधिसभा सदस्य विमलेन्द्र निधिले संघीयता कार्यान्वयनमा आइसकेपनि प्रादेशिक संरचनाहरू अधिकार सम्पन्न हुन बाँकी रहेको बताएका छन्।

‘समुदायमा कांग्रेस’ अभियानका क्रममा शनिबार रोल्पा पुगेका निधिले प्रेस युनियन रोल्पाले शनिबार आयोजना गरेको पत्रकार सम्मेलनमा यस्तो बताएका हुन्।

प्रदेस र स्थानीय तहलाई अधिकार सम्पन्न बनाउन सरकार र राजनीतिक दलहरूले प्राथमिकता दिन जरूरी रहेको उनले उल्लेख गरे।

निधिले संघीय लोकतान्त्रिक गणतन्त्रलाई बलियो बनाएमात्र जनताको अधिकार सुनिश्चित हुने बताए।

‘जनतालाई अधिकार सम्पन्न बनाउन संघीय गणतान्त्रात्मक प्रणाली नै उत्तम व्यवस्था हो,’ उनले भने,‘यो व्यवस्थाको सफल कार्यान्वयनका लागि प्रदेस र स्थानीय तहलाई अधिकार सम्पन्न बनाउन ढिलाइ गर्नु हुँदैन।’

निधिले गठबन्धन आफूहरूका लागि एकखाले बाध्यता रहेको बताए।

२०८४ को निर्वाचनअघिसम्म पाँच वर्षका लागि गठबन्धन स्वीकार गर्नुपरेको बताउँदै निधिले आगामी निर्वाचनमा कांग्रेस एक्लैले पनि जनताको राम्रो साथ पाउने विश्वास व्यक्त गरे।

अहिलको गठबन्धनबाट सोचेजस्तो काम हुन नसके पनि राजनीतिक कारणले पनि स्वीकार गर्नुपरेको उनको भनाइ छ।

स्थापनाकालदेखि कांग्रेस समुदायमा रहँदै आएको बताउँदै उनले अहिले समुदायमा रहेका समस्या बुझेर सम्बोधनको प्रयासस्वरूप पार्टीले अहिले अभियान सुरू गरेको जानकारी दिए।

पार्टीका नीति, एजेन्डा, अहिलेको राजनीतिक व्यवस्थालगायतका विषयमा संवाद गर्न अभियान चलाइएको उनले बताए।

 

Author

SHARINGS

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *