मिटरब्याजसम्बन्धी अध्ययन गर्न आयोग गठन

काठमाडौं- सरकारले अनुचित लेनदेन (मिटरब्याज) नियन्त्रणका लागि तीन सदस्यीय जाँचबुझ आयोग गठन गर्ने निर्णय गरेको छ।

मन्त्रिपरिषदको बैठकले उच्च अदालतका पूर्वन्यायाधीश तेजबहादुर कार्कीको अध्यक्षतामा तीन सदस्यीय जाँचबुझ आयोग गठन गरेको हो।

आयोगमा पूर्वएआइजी पुष्कर कार्की र सञ्जीव मिश्र सदस्य छन्।

आयोगलाई तीन महिनाभित्र प्रतिवेदन पेस गर्न समयसीमा निर्धारण गरिएको सरकारकी प्रवक्ता एवंंं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन्।

 

SHARINGS

Leave a Reply

Your email address will not be published. Required fields are marked *