जिल्ला प्रशासन कार्यालयहरूलाई गृहको २१ बुँदे निर्देशन

काठमाडौं- गृह मन्त्रालयकाले देशभरका ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई २१ बुँदे निर्देशन जारी गरेको छ।

७ चैतको मन्त्रिस्तरीय निर्णयअनुसार मन्त्रालयले बिहीबार ‘नेपाल सरकारको प्रतिनिधिका रूपमा शान्तिसुरक्षा, सेवा प्रवाह, सुशासन, नियमन, समन्वय र सहजीकरण गर्नुपर्ने विषयमा सक्रिय भूमिका निर्वाह गरी नागरिकप्रतिको भरोसा अभिवृद्धि गर्न’ २१ बुँदे निर्देशन जारी गरेको हो।

निर्देशनमा शान्ति सुरक्षा तथा अपराध नियन्त्रण, सामाजिक सञ्जालको मर्यादित प्रयोग र साइबर अपराध नियन्त्रण, आर्थिक अपराध नियन्त्रण, सडक सुरक्षा र सवारी दुर्घटना न्यूनीकरण, राजस्व चुहावट नियन्त्रण, प्रभावकारी सेवा प्रवाह, गुनासो व्यवस्थापनलगायतका विषय समेटिएका छन्।

उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले मन्त्रालयको निर्देशन कार्यान्वयन भए नभएको मूल्यांकन गर्न उच्च अधिकारीहरूलाई आग्रह गरेका छन्।

उनले देखिने गरी सेवा प्रवाह गर्न, लोभमा नफस्न र कुनै पनि प्रभावबाट प्रभावित नहुन मातहतका कर्मचारीलाई निर्देशनसमेत दिएका छन्।

 

SHARINGS

Leave a Reply

Your email address will not be published. Required fields are marked *