जनकपुरधाम- सर्लाही प्रहरीले ‘मोस्ट वान्टेड’ को सूचीमा रहेका दुई भारतीय नागरिकलाई प्रहरीलाई नियन्त्रणमा लिएको छ।
प्रहरीले भारत बिहार सीतामढी सैयाराग्राम बस्ने २८ वर्षीय सुन्नीकुमार सिंह र २४ वर्षीय जितेन्द्र राउतलाई पक्राउ गरेको हो।
उनीहरू बरहथवा नगरपालिका–६ मा डेरा गरेर बस्ने गरेका प्रहरीले जनाएको छ।
उनीहरूको साथबाट ९ एमएम पिस्टल एक थान र म्यागजिन पनि बरामद भएको प्रहरीको भनाइ छ।
भारतीय प्रहरीले दिएको सूचनाका आधारमा सर्लाही प्रहरीको टोली गएराति साढे ८ बजे उनीहरूलाई पक्राउ गर्न गएको थियो।
जितेन्द्रले प्रहरी टोलीमाथि गोली चलाएका थिए। तर, गोली प्रहारबाट कुनै क्षति नभएको प्रहरीले बताएको छ।
प्रहरीका अनुसार उनलाई पक्राउ गरी लैजाने क्रममा बाटोमा भ्यान परिवर्तन गर्ने बेला पनि जितेन्द्र भाग्न खोजेका थिए। त्यसपछि उनलाई खुट्टामा गोली हानेर नियन्त्रणमा लिनुपरेको प्रहरीले जनाएको छ।
गोली लागेर घाइते भएका जितेन्द्रको प्रादेशिक अस्पताल मलंगवामा भइरहेको छ। उनको दुवै खुट्टामा गोली लागेको छ।
Leave a Reply