काठमाडौं- म्याग्दीमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।
पोखरेबगरबाट पाउद्वार जाँदै गरेको ग १ ज ७६५३ नम्ब।काृ जिप अन्नपुर्ण गाउँपालिका–५ नेपानेमा दुर्घटना भएको हो।
दुर्घटनामा जिप धनी एवं चालक अन्दाजी ३७ वर्षका गणेश श्रेष्ठ र पाउद्वारका २७ वर्षीय लालबहादुर तिलिजाको मृत्यु भएको प्रहरीले जनाएको छ।
सडकबाट करिब दुई सय मिटर तल खोँचमा खसरे जिप दुर्घटना भएको बताइएको छ।
यता रूपन्देहीमा सवारी दुर्घटनामा परी मालपोत कार्यालयका अधिकृतको मृत्यु भएको छ।
आइतबार राति भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलअगाडि भएको दुर्घटनामा रूपन्देहीको मझवावास्थित मालपोत कार्यालयका अधिकृत ४२ वर्षीय तिलकबहादुर रावतको मृत्यु भएको हो।
भैरहवाबाट बनगाइतर्फ गइरहेको बा २१ च ७५५३ नम्ब।काृ कार र विपरित दिशाबाट आउँदै गरेको प्रदेस ३–०२–००१ ब ४८० नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किँदा मोटरसाइकल चालक रावतको मृतयु भएको प्रहरीले जनाएको छ।
Leave a Reply