मधेस प्रदेस : आज मन्त्रिपरिषद पुनर्गठन गर्ने मुख्यमन्त्रीको तयारी

जनकपुरधाम- नेकपा एमाले चारवटा मन्त्रालय लिएर मधेस प्रदेस सरकारमा सहभागी हुने भएको छ।

केन्द्रमा फेरिएको गठबन्धनपछि एमाले मधेस प्रदेस सरकारमा सहभागी हुन लागेको हो।

मुख्यमन्त्री सरोजकुमार यादवले एमालेलाई सरकारमा सहभागी गराएर सोमबारै मन्त्रिपरिषद पुनर्गठनको तयारी गरेका छन्।

सरकारमा सामेल कांग्रेसका मन्त्रीहरूले राजीनामा नगरेपछि मुख्यमन्त्री यादवले एमालेलाई सहभागी गराएर मन्त्रिपरिषद पुनर्गठनका तयारी गरेका हुन्।

यसअघि सरकारमा सहभागी नेपाली कांग्रेसले सम्हालेको तीन र थप एक मन्त्रालयसहित एमालेलाई दिने सहमति जुटेको स्रोतले बताएको छ।

प्रदेस संसदीय दलका नेता सरोज यादवको नेतृत्वमा एमाले सरकामा सहभागी हुन लागेको बताइएको छ।

चारवटा मन्त्रालय आफूहरूले पाउने सहमति जुटेको एमालेका एक प्रदेस सांसदले बताए।

चारवटा मन्त्रालय पाउने सहमति जुटे पनि सरकारमा सहभागी हुने मन्त्रीहरूको अन्तिम टुंगो लाग्न बाँकी रहेको उनको भनाइ छ।

‘हामीले चारवटा मन्त्रालय पाउने सहमति भएको छ,’ एमालेका ती सांसदले भने,‘मन्त्रीहरूको नाम टुंगो लगाउन बैठक बस्दैछ, केही बेरपछि निर्णय हुन्छ।’

प्रदेस सरकारमा कांग्रेसले भौतिक, स्वास्थ्य र गृह तथा सञ्चार मन्त्रालय सम्हालेको थियो।

त्यस्तै सरकारबाट बाहिरएपछि जनमत पार्टीले सम्हालेको शिक्षा र कृषि मन्त्रालय पनि मुख्यमन्त्री यादवले आफैं राखेका छन्।

मन्त्रिपरिषद पुनर्गठन हुँदा एमालेले भौतिक, स्वास्थ्य, गृह तथा सञ्चारका र कृषि पाउने सम्भावना रहेको बताइएको छ
बाँकी एक मन्त्रालय कसले राख्ने विषयमा टुंगो लाग्न अझै बाँकी छ।

नवनियुक्त प्रदेस प्रमुख सुमित्रा भण्डारीले पदभार ग्रहण नगरेका कारण केन्द्रमा सत्तासमीकरण फेरिए पनि मुख्यमन्त्री यादवले प्रदेसमा मन्त्रिपरिषद पुनर्गठन गरेका थिएनन्।

नवनियुक्त मुख्यमन्त्री भण्डारी पदभार ग्रहण गर्न सोमबार पुग्दैछिन्। उनले पदभार ग्रहण गरेसँगै साँझसम्म मन्त्रिपरिषद पुनर्गठन हुने सम्भावना रहेको छ।

यो पनि :

http://मधेस प्रदेस : कांग्रेसका मन्त्रीहरूलाई बर्खास्त गर्ने तयारी!

http://मधेस प्रदेस : कांग्रेसका मन्त्रीहरूले राजीनामा नगर्ने, ‘बर्खास्तगी’ कुर्ने

 

 

 

 

SHARINGS

Leave a Reply

Your email address will not be published. Required fields are marked *