जनकपुरधाम- मधेस प्रदेसको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयमा कार्यरत एक अधिकृत भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन्।
मन्त्रालयका वरिष्ठ शाखा अधिकृत ओमनारायण झा भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका हुन्।
विशेष अदालतले आइतबार उनीमाथि कसुर कायम गर्दै सजाय सुनाएको हो।
विशेषले ८ महिनाअघि दायर मुद्दामा आंशिक ठहरको फैसला गरेको हो।
विशेषका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यहरू तेजनारायणसिंह राई र रितेन्द्र थापाको इजलासले वरिष्ठ शाखा अधिकृत झालाई सजाय सुनाएको छ भने व्यवसायी अरहुला कुमारीलाई सफाइ दिएको छ।
विशेषले झालाई ६ महिना कैदका साथै ३ लाख ३२ हजार रूपैयाँ बिगो कायम गर्दै बिगोबमोजिम जरिवाना हुने र बिगो असुलउपर हुने फैसला सुनाएको छ।
आर्थिक वर्ष २०७/८७९ मा मन्त्रालयमार्फत प्रदेसका ८ वटै जिल्लामा सञ्चालन भएको आयमूलक तालिमका क्रममा प्रक्रिया नपु¥याइ पेस्की लिएको, नक्कली बिल भरपाइ पेस गरेकोलगायतका उजुरीमाथि छानिबिन गरेर अख्तियारले उनीहरू दोषी रहेको ठहर गरेको थियो।
अनसुन्धानका क्रममा दोषी पाइएको भन्दै अख्तियारले झा र अरहुलालाई विपक्षी बनाउँदै आठ महिनाअघि विशेष अदालतमा मुद्दा दायर गरेको थियो।
Leave a Reply