DHKHABAR

All news at one place

समाचार

अमेरिकामा टिकटक बन्द गराउने विधेयक पारित

जनकपुरधाम- अमेरिकी संसदको तल्लो सदन हाउस अफ रिप्रेजेन्टेटिभ्सले अमेरिकामा सामाजिक सञ्जाल टिकटक बन्द गराउनसक्ने विधेयक पारित गरेको छ।

विधेयकले टिकटकको चिनियाँ माऊ कम्पनी बाइटड्यान्सलाई वर्चस्व प्रदान गर्ने उसको हिस्सा बिक्री गर्न ६ महिनाको समय दिने र त्यसो नगरिए अमेरिकामा उक्त एप बन्द गराउने प्रस्ताव गरेको छ।

रिपब्लिकन र डेमोक्र्याट दुवैको सहमतिमा गरिएको मतदानमा व्यापक सहभागिता रह्यो।

यो विधेयकलाई अब माथिल्लो सदन सिनेटले पारित गर्नुपर्छ र राष्ट्रपतिले हस्ताक्षर गरेपछि त्यो कानुन बन्नेछ।

टिकटकमाथि चिनियाँ प्रभावलाई लिएर अमेरिकी सांसदहरूले लोमो समयदेखि चासो व्यक्त गर्दै आएका छन्।

सन् २०१२ मा स्थापित चिनियाँ कम्पनी बाइटड्यान्सको स्वामित्वमा टिकटक छ।

बेइजिङस्थित यो कम्पनी केम्यान टापुमा दर्ता भएको छ जसका कार्यालय युरोप र अमेरिकाभरि रहेका छन्।

यो विधेयकलाई सिनेटले पनि पारित गर्नासाथ आफूले अविलम्ब त्यसमा हस्ताक्षर गर्ने राष्ट्रपति जो बाइडेनले प्रतिबद्धता जनाएका छन्।

र, त्यसो हुनासाथ अमेरिका र चीनबीच कूटनीतिक तिक्तता निम्तिन सक्छ।

चिनियाँ सरकारले अमेरिकी नेतृत्वबारे शंकाको बीजारोपण गर्न तथा प्रजातन्त्रलाई कमजोर बनाउन टिकटकलाई प्रयोग गरेको भनी अमेरिकी गुप्तचर समूहले चेतावनी दिएको छ।

अमेरिकाको अफिस अफ द डाइरेक्टर अफ नेसनल इन्टेलिजेन्सले सोमबार सार्वजनिक गरेको सुरक्षा चुनौतीसम्बन्धी वार्षिक प्रतिवेदनमा चिनियाँ सरकारका प्रोपागान्डा फैलाउने औजारका रूपमा टिकटक खाताले ‘सन् २०२२ मा राष्ट्रपतीय चुनावको मध्यावधि चक्रमा दुवै राजनीतिक दलका उम्मेदवारहरूलाई तारो बनाएको बताइएको’ उल्लेख छ।

आउँदो नोभेम्बरमा राष्ट्रपतीय निर्वाचन हुन लागेको सन्दर्भमा टिकटकमात्र नभइ सबै सामाजिक सञ्जालमा राजनीतिक निगरानी बढ्ने अपेक्षा गरिएको छ।

 

SHARINGS

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *