पत्नी रञ्जितालाई रेशमको पत्र – ‘मैले तिमीलाई सम्झाउन सकिनँ’

जनकपुरधाम- नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीले पार्टी अध्यक्षसमेत रहेकी पत्नी रञ्जितालाई आफूले सम्झाउन नसकेको बताएका छन्।

सामाजिक सञ्जाल फेसबुकमा भावुकपत्र लेख्दै चौधरीले यस्तो बताएका हुन्।
अध्यक्ष रञ्जिता माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको गठबन्धन सरकार र प्रदेस सरकारहरूमा समर्थन गर्नुपर्ने अडानमा रहँदा रेशमले कसैको पक्षमा लाग्न नहुने बताएका छन्।

रञ्जितालाई सम्झाउन नसक्नु आफ्नो विवशता रहेको उनको भनाइ छ।

‘मैले तिमीलाई सम्झाउन सकिनँ प्रिय र आफूले जन्माएको बच्चाको घाँटी निमाठेर हत्या गर्न पनि सक्दिनँ,’ रेशमले लेखको छन्, ‘मलाई भोट हाल भन्नेहरू हामीलाई डुबाउनेवाला मात्रै हुन्। मेरो कुरा मान्ने हो भने कसैलाई भाट नहालौं, टन्टै साफ।’

प्रधानमन्त्री प्रचण्डले बुधबार प्रतिनिधिसभाबाट विश्वासको मत लिइरहँदा नागरिक उन्मुक्ति पार्टीका संरक्षक चौधरीको यस्तो प्रतिक्रिया आएको हो।

उनी सरकारलाई विश्वासको मत नदिने पक्षमा देखिए पनि अध्यक्ष रञ्जिता भने त्यसको विपरित देखिएकी छन्।

रेशमले नागरिक उन्मुक्ति पार्टीभित्रको विवाद घरझगडामात्र नभएको जिकिर गरेका छन्।

उनले अगाडि भनका छन्, ‘कुरा बुझौं, कुनै पनि गठबन्धनका पछाडि नलागौं। नागरिक उन्मुक्ति पार्टी कांग्रेस–कम्युनिस्ट होइन, भौगोलिक सांस्कृतिक पहिचानसहितको संघीयताका लागि समुदायमा आधारित समाजवाद प्रत्युत्पादनका लागि जन्मेको पार्टी हो। त्यसैले एक अर्कोमा हिलो छ्यापाछ्याप नगरौं। अफ्नो नीति सिद्धान्त अनुरूप चलौं।’

रेशमले एउटा मन्त्रालय लिएर सरकारमा सहभागी हुनु भनेको सिद्धिनु हो बताएका छन्।

उनले आफू प्रधानमन्त्री प्रचण्डको कृपाले नभइ जनताको भोटले रिहा भएको उल्लेख गरेका छन्।

निर्वाचन आयोगले आफूलाई अध्यक्षको मान्यता नदिएकोमा पनि चौधरीले आक्रोश व्यक्त गरेका छन्।

 

SHARINGS

Leave a Reply

Your email address will not be published. Required fields are marked *