काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई विश्वासको मत नदिने भएको छ।
सोमबार केन्द्रीय कार्यालय धुम्बराहीमा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले प्रचण्डलाई विश्वासको मत नदिने निर्णय गरेको हो।
त्यस्तै राप्रपा बैठकले प्रदेस सरकारमा तत्काल सहभागी नहुने निर्णय पनि गरेको छ।
प्रदेसमा समर्थन गर्नुपर्ने परिस्थिति आएको खण्डमा पार्टी अध्यक्षले उपयुक्त समयमा सम्बन्धित प्रदेसको परामर्श लिएर निर्णय लिने बैठकले निर्णय गरेको छ।
केन्द्रीय कार्यसम्पादन समितिको बैठकले इलाम–२ को उपनिर्वाचनमा उम्मेदवारी दिने निर्णय गरेको छ।
त्यस्तै बझाङमा हुने प्रदेससभाको उपनिर्वाचनमा पनि सहभागी हुने राप्रपाले निर्णय गरेको छ।
Leave a Reply