
फाइल फोटो
काठमाडौैं- अर्थमन्त्री प्रकाशशरण महतले मुलुकको अर्थतन्त्रमा सकारात्मक संकेतहरू देखापर्न थालेको बताएका छन्।
उनले अर्थतन्त्रको कठिन अवस्थाबाट देशले विस्तारै सकारात्मक दिशातर्फ अगाडि बढिरहेको बताएका हुन्।
बागलुङको पञ्चकोटमा जारी महायज्ञमा सहभागी भएका अर्थमन्त्री महतले सरकारको सकारात्मक पहलबाट मुलुकको अर्थतन्त्र चलायमान हुन थालेको बताए।
कोभिड महामारीका कारण अर्थतन्त्रमा आएको शिथिलता पछिल्लो समय लयमा फर्किएको उनको भनाइ छ।
महतले बैंक तथा वित्तीय संस्थाहरूमा देखा परेका समस्याहरू विस्तारै समाधान हुनथालेको जिकिर गरे।
‘बैंकको ब्याजदर पनि घट्न थालेको छ, मूल्यवृद्धि घटेर लगानी गर्ने वातावरण तयार हुँदै गएको छ। सरकारका सकारात्मक प्रयासका कारण अर्थतन्त्रले आफ्नो लय समातेको छ,’ उनले भने।
सरकारले अर्थतन्त्रमा देखिएका समस्यालाई समाधान गर्न पहल गरेका कारण आर्थिक गतिविधिहरू विस्तारै बढ्न थालेको महतले बताए।
Leave a Reply