काठमाडौं- नेपाली कांग्रेस कैलालीले मोहन्याल गाउँपालिका–१ चोसेकाँडामा जिल्ला कार्यसमितिको बैठक राखेको थियो।
बैठकमा जिल्ला कार्यसमितिका सबै पदाधिकारीका साथै आमन्त्रितका रूपमा सुदूरपश्चिम प्रदेसका मुख्यमन्त्री कमलबहादुर शाह उपस्थित भएका थिए।
बैठक सुरू नहुँदै जिल्ला सभापति नारायणदत्त भट्ट र उपसभापति भीम बडुवालबीच विवाद सुरू भयो।
विवादको कारण थियो–माइन्युटमा उपसभापति बडुवालको नाम लेखिएको थिएन।
माइन्युटको उपस्थिति सूचीमा आफ्नो नाम नदेखेपछि बडुवाल आक्रोशित बने। र, सभापति भट्टसँग मान्युट खोसाखोस भयो।
आफ्नो नाम किन माइन्युटमा उल्लेख नभएको भन्दै उपसभापति बडुवालले सभापति भट्टसँग झोक्किँदै प्रश्न गरेका थिए। बैठक सुरू नहुँदै उनले माइन्युट आफ्नो नियन्त्रणमा लिएका थिए।
माइन्युट खोसाखोसपछि बैठकअघि नै विवाद सुरू हुँदा अन्ततः जिल्ला कार्यसमितिको बैठक नै स्थगित गरियो।
सभापति भट्टले जिल्ला अनुशासन समितिले अनुशासनको कारबाहीका लागि प्रदेस अनुशासन समितिमा पत्र पठाएकोले बडुवालको नाम माइन्इुटमा उल्लेख नगरिएको बताएका छन्।
प्रदेस अनुशासन समितिले निर्णय गरेर पत्र नपठाउँदासम्म उपसभापति भट्टको नाम माइन्युटमा उल्लेख गर्न नसकिने उनको भनाइ छ।
२२ साउनमा पार्टी सभापति भट्टले कैलाली क्षेत्र नम्बर ४ का लोकराज पाण्डे र सुरतबहादुर कार्कीलाई कारबाही गरेका थिए।
पाण्डे र कार्कीमाथि गरिएको कारबाहीप्रति उपसभापति बडुवालले आपत्ति जनाएका थिए।
कारबाही विधानसम्मत नभएको भन्दै उनले लेटरप्याडमा अर्को सूचना जारी गरेका थिए।
त्यही दिनदेखि सभापति भट्ट र उपसभापति बडुवालबीच मतभेद सुरू भएको छ।
Leave a Reply