ढाकाको एक बहुतला भवनमा आगलागी, कम्तीमा ४३ जनाको मृत्यु

काठमाडौं- बंगलादेशको राजधानी ढाकास्थित एक भवनमा आगलागी हुँदा ४३ जनाको मृत्यु भएको छ।

स्थानीय सञ्चारमाध्यमहरूका अनुसार बिहीबार राति १० बजे बहुतला भवनमा रहेको एक रेस्टुरेन्टमा आगलागी भएको हो।

बंगलादेशका स्वास्थ्यमन्त्री सामत लाल सेनले आगलागीमा परेर ४३ जनाको मृत्यु भएको जनाएका छन्।

स्वास्थ्यमन्त्री सेनले ढाका मेडिकल कलेज अस्पतालमा महिला र बालबालिकासहित कम्तिमा ३३ जनालाई मृत घोषित गरिएको छ।

त्यस्तै सहरको मुख्य बर्न अस्पतालमा १० जनाको मृत्यु भएको छ।

स्वास्थ्यमन्त्री सेनका अनुसार दर्जनौं घाइतेहरूलाई उपचारका लागि बर्न अस्पतालमा भर्ना गरिएको छ।

स्थानीय अखबार डेली बंगलादेशका अनुसार आगलागी भएको रेस्टुरेन्ट भवनको सातौं तलमा रहेको छ।

त्यो तलामा अन्य रेस्टुरेन्टका साथै कपडा र मोबाइल पसलहरू रहेका छन्।

 

 

SHARINGS

Leave a Reply

Your email address will not be published. Required fields are marked *