काठमाडौं- पक्राउ परेका लघुवित्त ऋणीहरू रिहा भएका छन्।
संसद भवन परिसरबाट पक्राउ परेका लघुवित्त ऋणीहरू बिहीबार हाजिर जमानीमा रिहका भएका हुन्।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले उनीहरूलाई हाजिर जमानीमा रिहा गरेको हो।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले जिल्ला प्रशासन कार्यालयले उनीहरूलाई हाजिर जमानीमा छाडेको जानकारी दिएका छन्।
लघुवित्त ऋणीहरू प्रतिनिधिसभा बैठक चलिरहेकै बेला १४ फागुनमा नयाँ बानेश्वरस्थित संसद भवन परिसरभित्र प्रवेश गरेर प्रदर्शन गरेका थिए।
निषेधित क्षेत्र तोडेर प्रदर्शन गरेको भन्दै प्रहरीले ४८ महिला र १ पुरुषसहित ४९ जना लघुवित्त ऋणीहरूलाई पक्राउ गरेको थियो।
स्थानीय प्रशासनले शान्ति सुरक्षामा खलल पु¥याएको अभियोगमा उनीहरूलाई सात दिन थुनामा राख्न अनुमति दिएको थियो।
Leave a Reply