DHKHABAR

All news at one place

समाचार

सम्पत्ति शुद्धीकरण मुद्दामा सिंह दोषी ठहर

काठमाडौं- अर्काको नामबाट घरजग्गा कारोबार गर्ने सुनिलकुमार सिंह सम्पत्ति शुद्धीकरण मुद्दामा दोषी ठहर भएका छन्।

विशेष अदालतका न्यायाधीशहरू डा.खुशीप्रसाद थारू, तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको संयुक्त इजलासले सिंहलाई दोषी ठहर गरेको हो।

सिंहले अपहरण तथा शरीर बन्धकसमेतका कसुर गरी आर्जन गरेको सम्पत्तिको गैरकानुी स्रोत लुकाउने उद्देश्यले मीना कार्कीको नामबाट घरजग्गा कारोबार गरेको विशेषको ठहर छ।

उनले सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ को दफा ३ को उपदफा (१) को खण्ड (क) बमोजिमको कसुर गरेको विशेषको फैसलामा उल्लेख छ।

त्यस्तै प्रतिवादी कार्कीले कसुर गरेको नदेखिए पनि सिंहको कसुरमा सहयोग गरी मतियार बनेको देखिएकोले सम्पत्ति शुद्धीकरण ऐन, २०६४ को दफा ३ को उपदफा (२) बमोजिम कसुर गरेको विशेषले ठहर गरेको छ।

सिंह र कार्कीलाई सजाय निर्धारण गर्न विशेषले आगामी फागुन २४ गते पेसी तोकेको छ।

Author

SHARINGS

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *