जयशंकर साहको परिवारलाई १० सहयोग गर्ने सरकारको निर्णय

जनकपुरधाम- सरकारले सर्लाहीको बरहथवामा प्रहरीको गोली लागेर मृत्यु भएका जयशंकर साहको परिवारलाई १० लाख रूपैयाँ आर्थिक सहयोग गर्ने निर्णय गरेको छ।

मंगलबार बसेको मन्त्रिपरिषद बैठकले साहको परिवारलाई १० लाख रूपैयाँ आर्थिक सहयोग गर्ने निर्णय गरेको हो।

प्राथमिक स्वास्थ्य केन्द्रलाई प्रादेशिक अस्पताल बनाउने विषयलाई लिएर भएको प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर साहको मृत्यु भएको थियो।

त्यस्तै सरकारले नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा.सतिसकुमार देव नियुक्त गर्ने निर्णय गरेको छ।

मन्त्रिपरिषद बैठकको निर्णय जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले देवालाई मेडिकल काउन्सिलको रजिष्ट्रारमा नियुक्त गर्ने निर्णय भएको जानकारी दिइन्।

त्यस्तै बालकुमारी घटना जाँचबुझ आयोग, २०८० ले पेस गरेको प्रतिवेदन कार्यान्वयनका लागि फागुन २० गतेभित्र सुझाव पेस गर्न कानुन, न्याय तथा संसदीय मामिलामन्त्री र ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्रीलाई जिम्मेवारी दिने निर्णय भएको उनले बताइन्।

बैठकले सार्वजनिक खरिद (तेह्रौं संशोधन) नियमावली, २०८० स्वीकृत गरेको छ।

 

 

SHARINGS

Leave a Reply

Your email address will not be published. Required fields are marked *