DHKHABAR

All news at one place

समाचार

प्रधानाध्यापकविरूद्ध भ्रष्टाचार मुद्दा

जनकपुरधाम- अख्तियार दुरूपयोग अनुसन्धान आयोगले एक जना प्राधानाध्यापकविरूद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।

अख्तियारले राष्ट्रिय माध्यमिक विद्यालय लौकही, सुनसरीका तत्कालीन प्रधानाध्यापक धनीलाल यादवसहित चार जनाविरूद्ध विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको हो।

अख्यिारका प्रवक्ता नरहरि घिमिरेले गैरकानुनी लाभ तथा हानी पु¥याइ भ्रष्टाचार गरेको आरोपमा उनीहरूविरूद्ध मुद्दा दर्ता भएको जानकारी दिए।

सुनसरीको कोसी गाउँपालिका–१ स्थित राष्ट्रिय माध्यमिक विद्यालयमा सरकारद्वारा प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषदमार्फत प्रदान गरिने चिकित्सा शिक्षा अध्ययन छात्रवृत्तिअन्तर्गत हेल्थ असिस्टेन्ट विषयको खुला कोटाअन्तर्गतक न्युरो मेडिकल कलेज विराटनगरमा शैक्षिक वर्ष २०७५÷०७६ देखि तीन वर्षे अध्ययन अवधिमा विद्यालयमा अनुपस्थित भए पनि तलब भत्ता सुविधा लिएको आरोपपत्रमा उल्लेख छ।

अख्तियारले तत्कालीन प्रधानाध्यापक यादवसहित वीरेन्द्रप्रसाद यादव र भोली यादव र बालेश्वर यादवलाई प्रतिवादी बनाएको छ।

उनीहरूविरूद्ध कैद तथा बिगो माग गरिएको अख्तियारले जनाएको छ।

Author

SHARINGS

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *