DHKHABAR

All news at one place

समाचार

६ क्विन्टल गाँजा बरामद

काठमाडौं- प्रहरीले धादिङबाट ठूलो परिमाणमा लागुऔषध गाँजा बरामद गरेको छ।

मुग्लिनतर्फ जाँदै गरेको मधेस प्रदेस ०३–००१ ख ८३०९ नम्बरको मालबाहक ट्रकबाट प्रहरीले ६२० किलो गाँजा बरादम गरेको हो।

मालबाहक ट्रकमा लागुऔषध गाँजा लगिँदै गरेको गोप्य सूचनाको आधारमा प्रहरी उपरीक्षक गौतमकुमार केसीको कमान्डमा खटिएको प्रहरी टोलीले गजुरी गाउँपालिका वडा नम्बर २ मा चेकजाँच गरेको थियो।

प्रहरीले ट्रकका चालक सर्लाही जिल्ला लालबन्दी नगरपालिका–७ बस्ने सन्तोषकुमार साहलाई पक्राउ गरेको छ।

प्लास्टिकको प्याकेटमा ठोरीले बाँधेर गाँजा लोड गरेको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ।

बरामद गाँजा भारततर्फ बिक्रीका लागि लग्दै गरेको प्रहरीको प्रारम्भिक अनुमान छ।

Author

SHARINGS

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *