जनकपुरधाम- ग्यास सिलिन्डर पड्किएर बारामा एक जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।
निजगढ नगरपालिका–७ स्थित बजारमा सञ्चालनमा रहेको रोहित वर्कसप लेथमा ग्यास सिलिन्डर पडकिँदा सञ्चालक ४५ वर्षीय रेशम मगरको मृत्यु भएको हो।
ग्यास सिलिन्डर विस्फोटमा परी घाइते भएका मगरको उपचारको क्रममा वीरगञ्जस्थित बयोधा अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ।
वर्कसपमा दिउँसो १२ बजेतिर ग्यास सिलिन्डर विस्फोट भएको बताइएको छ।
विस्फोटमा परी निजगढ–५ बस्ने सूर्यबहादुर थापा, वीरगञ्ज महानगरपालिका–९ बस्ने ३४ वर्षीय फिरोद देवान, सोही ठाउँका २० वर्षीय रितु रजत, भारत गवाई बस्ने ३५ वर्षीय राकेश जयसवाल र भारत रामघडवा बस्ने २० वर्षीय अरविन साह घाइते भएका छन्।
घाइतेमध्ये थापाको सामुदायिक प्रसुति गृह अस्पतालमा र अन्यको वयोधा अस्पताल वीरगञ्जमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डिएसपी दधिराम न्यौपानेले जानकारी दिए।
घटनाबारे आवश्यक अनुसन्धान भइरहेको उनले बताएका छन्।
Leave a Reply