३८ वर्षपछि हत्याका फरार अभियुक्त पक्राउ

जनकपुरधाम- सिरहा प्रहरीले हत्यासम्बन्धी मुद्दाका फरार एक अभियुक्तलाई ३८ वर्षपछि पक्राउ गरेको छ।

प्रहरीले साबिक भदैया गाविस–५ हाल लहान गरपालिका–१८ बरैरबोना बस्ने ७० वर्षीय इस्लाम मियाँ धुनियाँलाई पक्राउ गरेको हो।

सिरहा लहान नगरपालिका–२४ बस्ने खट्टर चौधरीको २०३६ कात्तिक ९ गते भएको हत्यासम्बन्धी घटनाका उनी अभियुक्त हुन्।

जिल्ला अदालत सिरहाले मियाँलाई चौधरी हत्यामा संलग्न रहेको आरोपमा २०४२ मंसिर १० गते १० वर्ष कैद सजाय सुनाएको थियो।

अदालतको फैसलालगत्तै उनी फरार भएका थिए।

लहानस्थित घरमा लुकेर बसेको गोप्य सूचनाको आधारमा प्रहरीले मियाँलाई गत शनिबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।

आइतबार अदालतमा पेस गरिएका मियाँलाई कैद भुक्तानका लागि सिरहा कारागार पठाइएको सिरहा प्रहरीका प्रवक्ता डिएसपी मुक्तिनाथ सापकोटाले जानकारी दिए।

 

SHARINGS

Leave a Reply

Your email address will not be published. Required fields are marked *