जनकपुरधाम- हुन्डी कारोबारमा संलग्न रहेको आरोपमा प्रहरीले वीरगञ्जबाट एक युवतीसहित चार जनालाई पक्राउ गरेको छ।
वीरगञ्ज १० आदर्शनगरस्थित कुनाल जयसवालको किराना पसलबाट उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको हो।
पक्राउ पर्नेमा वीरगञ्ज १० का ३२ वर्षीय कुनाल जयसवाल, वडा नम्बर २२ का ३९ वर्षीय वीरेन्द्र साह तेली, २० वर्षीया रेखाकुमारी साह र पर्सा जगरनाथपुर गाउँपालिका–६ का २५ वर्षीय मितुकुमार कुर्मी रहेका छन्।
जयसवालको किराना पसलबाट ४ लाख ३ हजार नेपाली रुपैयाँ, विभिन्न बैंकको चेकबुक १३ थान, विभिन्न मितिमा काटिएका चेक ६६ थान, नबिल बैंक, एनआइसी एसिया र नेपाल राष्ट्र बैंकमा गरी ३१ लाखभन्दा बढी रकम जम्मा गरिएको डिपोजिटल स्लीप पाँच थान, एटिएम कार्ड तीन थान र मोबाइल फोन बरामद भएको प्रहरीले जनाएको छ।
पर्साका प्रहरी प्रमुख एसपी कुमोद ढुंगेलले पक्राउ परेकाहरूविरूद्ध बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन २७३ विरुद्धको कसुरमा मुद्दा दर्ता गरी पर्सा जिल्ला अदालतबाट पाँच दिनको म्याद लिइ थप अनुसन्धान भइरहेको जनाएका छन्।
Leave a Reply