काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौंमा वायु प्रदुषण बढेकाले मास्क प्रयोग गर्न आग्रह गरेको छ।
काठमाडौंको वायु विश्वकै अस्वस्थ्यकर सूचीको अग्रस्थानमा रहेको भन्दै मन्त्रालयले वायु प्रदुषणबाट जोगिन अनिवार्य मास्क प्रयोग गर्न आग्रह गरेको हो।
मन्त्रालयले विज्ञप्ति जारी गर्दै वायु प्रदुषण उच्च विन्दुमा पुगेकाले अनिवार्य मास्क प्रयोग गर्न आग्रह गरेको हो।
मन्त्रालयका प्रवक्ता डा.प्रकाश बुढाथोकीले जारी गरेको विज्ञप्तिमा ‘काठमाडौंमा वायु प्रदुषण अत्यधिक रहेकाले सकेसम्म घरबाहिर अनावश्यक ननिस्कन, यात्रा नगर्न र अत्यधिक प्रदुषित क्षेत्रबाट टाढा रहन अनुरोध गरिन्छ। विश्भरिको वायु प्रदुषणको अवस्था मापन गर्ने ‘वल्र्ड एयर क्वालिटी इन्डेक्स रैकिंङअनुसार काठमाडौंको वायु विश्वकै अस्वस्थकरको सूचीमा अग्रस्थानमा छ।’
वायु प्रदुषणले मुटु तथा रक्तनली, फोक्सो, मस्तिष्क, आँखा, नाक, कान, घाँटी आदिमा असर पु¥याउनुका साथै दम, क्यान्सर आदिको जोखिम पनि बढाउने मन्त्रालयले जनाएको छ।
वायु प्रदुषणका कारण कम तौल भएको बच्चा जन्मने र अवधि नपुग्दै बच्च जन्मने जोखिमसमेत हुने मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
Leave a Reply