स्रोत नखुलेको १० लाख नगदसहित एक जना पक्राउ

जनकपुरधाम- प्रहरीले स्रोत नखुलेको रकमसहित सिरहाको लहानबाट एक जनालाई नियन्त्रणमा लिएको छ।

प्रहरीले सिरहा लक्ष्मीपुर पतारी गाउँपालिका–६ सीतापुर बस्ने ३० वर्षीय मुकेशकुमार साहलाई नियन्त्रणमा लिएको हो।

प्र ०१२–०१–००२ प ३९६९ नम्बरको मोटरसाइकल चढेर पूर्वबाट आइरहेका साहलाई चेकजाँच गर्दा उनको साथबाट १० लाख १ हजार ६३० रूपैयाँ बरामद भएको प्रहरीले जनाएको छ।

साहले बोकेको झोलाबाट स्रोत नखुलेको नेपाल एसबिआइ बैंकको स्टीकर लागेको रु. १ हजार दरको नोट १० प्याकेट र अन्य १ हजार ६३० रुपैयाँ बरामद भएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता डिएसपी रविन्द्रराज पाण्डेले जानकारी दिए।

बरामद भएको नगदको स्रोत देखाउन नसकेपछि उनलाई नियन्त्रणमा लिइएको पाण्डेले बताए।

साहलाई आवश्यक अनुसन्धानका लागि राजस्व अनुसन्धान कार्यालय इटहरी पठाइएको प्रहरीले जनाएको छ।

 

SHARINGS

Leave a Reply

Your email address will not be published. Required fields are marked *