सुर्खेतमा जिप दुर्घटना, चार जनाको मृत्यु

काठमाडौं- सुर्खेतमा जिप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ।

सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको जिपत सुर्खेतको रातानाङ्गालानजिकै दुर्घटना भएको हो।

प्रहरीका अनुसार सुर्खेत–दैलेख सडकखण्डको वीरेन्द्रनगर–१४ टाकुरी मोडमा भे १ च २५६० नम्बरको बोलेरो जिप दुर्घना भएको हो।

दुर्घटनामा कालिकोट शुभकाली गाउँपालिका–३ का ३७ वर्षीय वीरेन्द्र बिक, ३१ वर्षीय नवराज बिक र २१ वर्षीया पुष्पा विकको मृत्यु भएको प्रहरीले जनाएको छ।

मृतक एक जनाको सनाखत हुन बाँकी रहेको छ।

दुर्घटनामा चार जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। पाँच जना यात्रु सवार रहेको जीप बिहीबार बिहान २ बजे दुर्घटना भएको हो।

सडकदेखि करिब तीन सय मिटर तल जिप खसेको बताइएको छ।

 

SHARINGS

Leave a Reply

Your email address will not be published. Required fields are marked *