कपिलवस्तु- कपिलवस्तु कारागारबाट सुरुङ खनेर फरार भएको एक जना भारतीय कैदी १४ वर्षपछि फक्राउ परेका छन्।
भारत उत्तर प्रदेस जिल्ला सिद्धार्थनगर चिल्यिा घर भएका स्कुल मिया अन्सारी भनिने मोहम्मद स्कुल पक्राउ परेका हुन्।
शिवराज नगरपालिका–७ बाट कपिलवस्तु प्रहरीको विशेष टोलीलाई उनलाई पक्राउ गरेको हो।
अदालतले मियालाई ५ वर्ष ५ महिना ९ दिन कैद र ४ लाख ५० हजार जरिवाना असुलउपर गर्न फैसला सुनाएको छ।
२०६६ साल माघ २ गते उनीसहित ८ जना २१ फिट लामो सुरुङ खनेर कारागारको पूर्वी पर्खालबाट भागेका थिए।
भाग्नेहरूमा डाँका मुद्दामा सजाय भोग्दै आएका मियासहित कर्तव्य ज्यान, लागुऔषध, हातहतियार तथा खरखजाना मुद्दाका अभियुक्तहरू थिए।
Leave a Reply