सुन तस्करी नियन्त्रण जाँचबुझ आयोगको प्रतिवेदन तत्काल कार्यान्वयनमा लैजाने सरकारको निर्णय

काठमाडौं- सरकारले सुनको अवैध पैठारी (तस्करी) नियन्त्रण जाँचबुझ आयोगको प्रतिवेदन तत्काल कार्यान्वयन गर्ने भएको छ।

शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले प्रतिवेदन तत्काल कार्यान्वयनमा लैजाने निर्णय गरेको हो।

सुन तस्करी नियन्त्रणका विषयमा जाँचबुझ गर्न पूर्वन्यायाधीश डिल्लीराज आचार्यको नेतृत्वमा गठित आयोगले बिहीबार गृहमन्त्री रवि लामिछानेलाई प्रतिवेदन बुझाएको थियो।

गृहमन्त्री लामिछानेले शुक्रबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई प्रतिवेदन हस्तान्तरण गरेका थिए।

बैठकपछि सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री रेखा शर्माले जाँचबुझ आयोगको प्रतिवेदन तत्काल कार्यान्वयनमा लैजाने निर्णय भएको जानकारी दिइन्।

त्यस्तै मन्त्रिपरिषद बैठकले नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक श्यामलाल ज्ञवालीलाई केन्द्रीय अनुसन्धान ब्यूरोमा सरूवा गर्ने निर्णय पनि गरेको छ।

SHARINGS

Leave a Reply

Your email address will not be published. Required fields are marked *