सुनचाँदी व्यवसायीहरूको समस्या समाधान गर्न सरकार गम्भीर छ : सभामुख मण्डल

जनकपुरधाम- मधेस प्रदेसका सभामुख रामचन्द्र मण्डलले सुनचाँदी व्यवसायीहरूको व्यावसायिक समस्या समाधान गर्न सरकार गम्भीर रहेको बताएका छन्।

नेपाल सुनचाँदी व्यवसायी महासंघ मधेस प्रदेसको तेस्रो साधारणसभा तथा दोस्रो अधिवेशनको उदघाट्न कार्यक्रमलाई शनिबार जनकपुरधाममा सम्बोधन गदै सभामुख मण्डलले यस्तो बताएका हुन्।

कार्यक्रममा महासंघका पदाधिकारीहरूले सुनचाँदी व्यवसायीहरूलाई व्यवसाय गर्न समस्याको सामना गर्नुपरिरहेको बताएपछि सभामुख मण्डलले यस्तो धारणा राखेका हुन्।

‘सुनचाँदी व्यवसायीहरूले भोग्नुपरिरहेको समस्यातर्फ सरकार गम्भीर छ, त्यातिर हामी सोचिरहेका छौं,’ उनले भने।

मण्डलले सुनचाँदीमात्रै नभएर सबै व्यवसाय फस्टिनुपर्ने पक्षमा आफूहरू रहेको उल्लेख गरे।

वस्तुवादी ढंगले व्यापारलाई अगाडि बढाउन सकिए धेरै समस्याहरू आफैं हल हुने उनको भनाइ छ।

सभामुख मण्डलले भने,‘हामी बीचमा छौं, एकातिर विशाल भारत छ अर्कोतिर चीन, यो दुवै देशको बीचमा हामी छौं। हाम्रो व्यापारलाई वस्तुवादी ढंगले अगाडि बढाउनसक्यौं भने हाम्रो धेरै समस्या समाधान हुन्छ भन्ने मलाई लागेको छ।’

कार्यक्रममा आफ्नो धारणा राखेका सुनचाँदी व्यवसायीहरूले सरकारले नीति नियम नल्याउँदा व्यवसायमा समस्या भइरहेको गुनासो गरेका थिए।

सुनचाँदी व्यवसायीहरूले विनाकारण धडपकडको समस्या झेल्नुपरिरहेको बताउँदै उनीहरूले सरकारले यथाशीघ्र नीति नियम बनाइदिनुपर्ने जिकिर गरे।

सुनचाँदी व्यवसायीहरूले भोगिरहेको समस्याको समाधान तथा नीति निर्माणका लागि सहजीकरण गरिदिन उनीहरूले सभामुख मण्डललाई आग्रह गरेका थिए।

नेपाल सुनचाँदी व्यवसायी महासंघको अधिवेशनले आगामी तीन वर्षका लागि मधेस प्रदेसको नेतृत्व चयन गर्नेछ।

सधारणसभा तथा अधिवेशनमा प्रदेसका ८ वटै जिल्ला तथा केन्द्र गरी ७० जना प्रतिनिधि एवं २२ जना पर्यवेक्षक सहभागी रहेको महासंघले जनाएको छ।

अधिवेशनमा ८ वटै जिल्ला तथा नगर समितिका अध्यक्ष, पदाधिकारीलगायत सहभागी रहेको बताइएको छ।

SHARINGS

Leave a Reply

Your email address will not be published. Required fields are marked *