सुनको मूल्यमा नयाँ कीर्तिमान

जनकपुरधाम- नेपाली बजारमा सुनको मूल्यले नयाँ कीर्तिमान कायम गरेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज १ हजार ७ सय रूपैयाँले बढेर प्रतितोला सुनको मूल्य १ लाख ३९ हजार २ सय रूपैयाँ कायम भएको छ।

सोमबार प्रतितोला १ लाख ३७ हजार ५ सय रूपैयाँमा सुनको कारोबार भएको थियो।

सुनका साथै चाँदीको मूल्यमा पनि वृद्धि भएको छ।

आज एक तोला चाँदीको मूल्य १ हजार ७५० रूपैयाँ कायम भएको महासंघले जनाएको छ।

SHARINGS

Leave a Reply

Your email address will not be published. Required fields are marked *