बैतडी – भारतसँग सीमा जोडिएको सुदूरपश्चिम प्रदेसका सीमानाका बन्द भएका छन्।
बैतडीको झुलाघाट, दार्चुलाको पुलघाट, कञ्चनपुरको गड्डाचौकी र ब्रह्मदेव नाका बन्द गरिएका हुन्।
बैतडीका प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्माले भारतमा हुने लोकसभा निर्वाचनलाई दृष्टिगत गरी नाका बन्द गरिएको जानकारी दिए।
सुदुरपश्चिमनजिक भारतको उत्तराखण्ड र चम्पावातमा शुक्रबार लोकसभा निर्वाचन हुँदैछ।
भारतको लोकसभा निर्वाचनका लागि पहिलो चरणमा शुक्रबार मतदान हुन लागेको हो।
प्रमुख जिल्ला अधिकारी शर्माले मंगलबार साँझ ६ बजेदेखि शुक्रबार साँझ ७ बजेसम्म नाका बन्द रहने बताए।
यो अवधिमा सीमानाकामा पूर्ण रूपमा आवतजावत बन्द रहने उनले जानकारी दिए।
सुरक्षा संंवेदनशीलताका कारण नाका बन्द गरिएको उनको भनाइ छ।
सीमा बन्द रहेको अवधिमा आकस्मिक रूपमा खोल्नुपरे आपसी सहमतिमा खोल्न सकिने जनाइएको छ।
भारतीय अधिकारीहरूसँग यसअघि नै समन्वय गरेर नाका बन्द गरिएका हुन्।
Leave a Reply