सिरोहियालाई थप तीन दिन हिरासतमा राख्न अनुमति

जनकपुरधाम- कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई थप तीन दिन राख्न अदालतले अनुमति दिएको छ।

सोमबार जिल्ला अदालत धनुषाका न्यायाधीश यदुराज शर्माको इजलासले उनलाई थप तीन दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको हो।

योसँगै अदालतले तेस्रोपटक म्याद थपेको हो।

नागरिकतासम्बन्धी कसुरमा नागरिकता किर्ते गरेको आरोपमा सिरोहियालाई पक्राउ गर्न ८ जेठमा अदालतबाट पक्राउ अनुमति लिएको थियो।

पक्राउ गर्ने अनुमति लिएसँगै काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले उनलाई थापाथलीस्थित कार्यालयबाट पक्राउ गरेको थियो।

पक्राउ परेका सिरोहियालाई प्रहरीले त्यही राति गाडीमा जनकपुरधाम ल्याएको थियो।

सुरूमा अदालत पेस गरिएका उनलाई अदालतले अनुसन्धान गर्न तीन दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको थियो।

त्यसपछि दोस्रोपटक शुक्रबार अदालतले तीन दिनको म्याद थप गरेको थियो।

SHARINGS

Leave a Reply

Your email address will not be published. Required fields are marked *