सिरहामा हतियार देखाएर दिनदहाडै लुटियो मनि ट्रान्सफरको रूपैयाँ

जनकपुरधाम- सिरहामा हतियारधारी समूहले दिउँसै मनि ट्रान्सफरको रकम लुटपाट गरेको छ।

जिल्ला प्रहरी कार्यालयबाट करिब पाँच सय मिटर उत्तर महिसोथा जाने बाटोमा हतियारधारी समूहले रकम लुटपाट गरेका हुन्।

सदरमुकामबाट विष्णपुर गाउँपालिकामा रहेको एक मनि ट्रान्सफरका लागि पुरुषोत्तम यादवले १५ लाख ५० हजार रूपैयाँ लैजाने क्रममा लुटपाट भएको प्रहरीले जनाएको छ।

भारतीय नम्बर प्लेटको मोटरसाइकलमा आएका लुटेराहरूले स ९ प ६३१० नम्बरको मोटरसाइलमा सबार यादवलाई रोकी लुटपाट गरेको प्रहरीको भनाइ छ।

हतियारधारी समूहले यादवसँग भएका ग्लोबल आइएमइ बैंकका दुईवटा र राष्ट्रिय वाणिज्य बैंकका तीनवटा खाली चेक तथा मोबाइल पनि लुटेर लगेको बताइएको छ।

जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता डिएसपी मुक्तिनाथ सापकोटाले घटनाबारे आवश्यक अनुसन्धान भइरहेको जानकारी दिए।

केही दिनअघि रौतहटको एक मनि ट्रान्सफरबाट भारतीय लुटेरा समूहले दिनदहाडै रकम लुटपाट गरेका थिए।

तीन जनाको समूहमा रहेका उनीहरूलाई प्रहरीले तत्कालै नियन्त्रणमा लिएको थियो।

 

SHARINGS

Leave a Reply

Your email address will not be published. Required fields are marked *