काठमाडौं- जनमत पार्टीका अध्यक्ष सिके राउतले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाको गिरफ्तारी प्रतिशोधपूर्ण रहेको बताएका छन्।
राउतले सिरोहियाको गिरफ्तारी लोकतन्त्रका लागि सर्वथा अस्वीकार्य कदम भएको समेत बताएका छन्।
गृहमन्त्री रवि लामिछानेलाई सम्बोधन गर्दै उनले सामाजिक सञ्जाल एक्समा लेखेका छन्,‘कसैलाई पनि भन्नुपर्छ र, कान्तिपुरका अध्यक्ष कैलाश सिरोहियाविरूद्ध पक्राउपुर्जी जारी गर्नु र कार्यालय प्रहरीद्वारा घेर्नु प्रतिशोधपूर्ण छ भनेर? यो लोकतन्त्रका लागि सर्वथा अस्वीकार्य कदम हो। रविजी, तपाईंसँग हाम्रो पनि आशा र औचित्य जोडिएको छ, कुनै कदम चाल्नुअगाडि नबिर्सिदिनुस्।’
Leave a Reply