सहकारी रकम अपचलन : संसदीय समितिको पहिलो बैठक बस्दै

काठमाडौं- सहकारी बचतकर्ताको रकम अपचलनसम्बन्धमा अध्ययन गर्न बनेको संसदीय छानबिन विशेष समितिको पहिलो बैठक बुधबार बोलाइएको छ।

नयाँ बानेश्वरस्थित प्रतिनिधिसभाको शंकर हलमा दिउँसो २ बजे समितिको बैठक बोलाइएको हो।

प्रतिनिधिसभा बैठकपश्चात संसदीय छानबिन समितिको बैठक बस्ने बताइएको छ।

बैठकमा सभामुख देवराज घिमिरे पनि सहभागी हुनेछन्।

एमाले सांसद सूर्यबहादुर थापा संयोजक रहेको समितिमा ७ जना सदस्य छन्।

समितिमा कांग्रेसका सहमहामन्त्री बद्रीप्रसाद पाण्डे र ईश्वरी न्यौपाने, एमालेबाट संयोजक थापासहित सरिता भुसाल, राप्रपाका ध्रुवबहादुर प्रधान, माओवादीका लेखनाथ दाहाल र रास्वपाका शिशिर खनाल सदस्य छन्।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सहकारीको रकम अपचलन गर्न उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने संलग्न भएको भन्दै संसदीय समिति बनाउन माग गर्दै सदन अवरोध गर्दै आएको थियो।

कांग्रेसले छानबिन समितिको कार्यदेशमा गृहमन्त्री लामिछानेको नाम किटान गर्नुपर्ने अडान राखेको थियो।

तर, गृहमन्त्रीको नाम किटान नगरी उनी संलग्न भएको गोर्खा नेटवर्क मिडिया र ग्लोक्सी टिभी पनि छानबिनको दायरमा आउने गरी कार्यदेशमा सहमति जुटेपछि संसदीय छानबिन समितिको गठन सम्भव भएको थियो।

 

 

SHARINGS

Leave a Reply

Your email address will not be published. Required fields are marked *