सलमान खानको घरबाहिर गोली चल्यो

जनकपुरधाम- बलिवुडका सुपर स्टार सलमान खानको घरबाहिर गोली चलेको छ।

मुम्बईको बान्द्रास्थित सलमानको घरबाहिर आइतबार बिहान ५ बजे गोली चलेको हो।

मुम्बई प्रहरीले दुई जना अज्ञात व्यक्तिले बिहान ५ बजे सलमानको घरबाहिर गोली चलाएको जनाएको छ।

घटनापछि मुम्बई प्रहरीको क्राइम ब्रान्चले छानबिन सुरू गरेको छ।

भारतीय सञ्चार माध्यमहरूका अनुसार तीन राउन्ड गोली चलेको प्रहरीलाई सूचना प्राप्त भएको थियो।

मोटरसाइकलमा हेलमेट लगाएर आएका दुई जना व्यक्तिहरूले सलमानको घरबाहिर गोली प्रहार गरेको बताइएको छ।

सलमानमाथि सम्भावित खतरालाई मध्यनजर गरी उनको सुरक्षा बढाइएको छ।

उनको घरलाई बिश्नोई गैंगले रेकी गरेको बताइएको छ।

गोली प्रहारबाट कुनै भौतिक क्षति नभए पनि सलमानका साथै उनका परिवारमा तनाव बढेको छ।

सलमानलाई पछिल्लो केही वर्षदेखि बिश्नोइ गैंगबाट खतरा रहेको बताइएको छ।

लौरेन्स बिश्नोई र भारत–कानडाका वान्टेड गैंगस्टर गोल्डी बराडले कैयौंपटक सलमानको हत्या गर्ने चेतावनी दिएका छन्।

बिश्नोई र गोल्डीले कैयौंपटक मुम्बईमा सलमानमाथि आक्रमण गर्न आफ्नो सुटर पठाएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।

लौरेन्सका खास गैंगस्टर सम्पत नेहराले सन् २०१८ मा सलमानको ग्यालेक्सी अपार्टमेन्टको रेकी गरेको बताइएको छ।

तर, घटनाअगावै हरियाणा प्रहरीले नेहरालाई पक्राउ गरेको थियो।

नेहरासँगको सोधपुछमा सलमानमाथि आक्रमण गर्ने योजनाको खुलासा भएको थियो।

SHARINGS

Leave a Reply

Your email address will not be published. Required fields are marked *