जनकपुरधाम- बलिवुड अभिनेता सलमानको घरबाहिर गोली चलाएको घटनामा पक्राउ परेका आरोपी अनुज थापनको मृत्यु भएको छ।
सलमानको मुम्बइ बान्द्रास्थित घरबाहिर गोली चलाएको आरोपमा पक्राउ परेका थापनको मृत्युु भएकोे हो।
उनले हिरासतमै आत्महत्याको प्र्रयास गरेको र तत्कालैै नजिककोे अस्पतालमा लगिए पनि मृत्युु भएको मुम्बइ प्रहरीले जनाएकोे छ।
यो मामिलामा प्रहरीले पछिल्लो सातामात्रै पञ्जाबबाट दुई जनालाई पक्राउ गरेको थियो।
पक्राउ पर्नेमा ३७ वर्षीय सोनु सुभाष र ३२ वर्षीय अनुज थापन थिए।
अनुज लरेन्स बिश्नोई समूहको सम्पर्कमा रहेको र उनी ट्रक चालकको रूपमा काम गर्दै आएको बताइएको छ।
मुम्बइ प्रहरीको अपराध महाशाखाले सुरतको तापी नदीबाट एउटा पेस्तोल र केही गोली बरामद गरेको जनाएको छ।
यो हतियार अप्रिल १४ मा बिहान ५ बजेतिर खानको घरबाहिर गोली प्रहारमा प्रयोग भएको बताइएको छ।
प्रहरीका अनुसार यो हतियार आक्रमणकारीलाई अनुज र सुभाषले दिएका थिए।
यस मामिलामा पक्राउ परेका बिश्नोई समूहका दुई सुटर विक्की गुप्ता र सागर पाल पनि प्रहरी हिरासतमा छन्।
Leave a Reply