सर्वोच्चको आदेशविपरित गण्डकीमा मन्त्रालय थप्दै मुख्यमन्त्री

काठमाडौं- गण्डकी प्रदेसका मुख्यमन्त्री खगराज अधिकारीले दुई मन्त्रालय थप गर्ने निर्णय गरेका छन्।

उनले सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयबाट स्वास्थ्य मन्त्रालय र मुख्यमन्त्री कार्यालयबाट आन्तरिक मन्त्रालय छुट्टै बनाउने निर्णय गरेका हुन्।

यो निर्णयसँगै यसअघि ७ मन्त्रालय रहेको गण्डकीमा अब ९ मन्त्रालय हुने भएको छ।

गठबन्धन दललाई भागबन्डा मिलाउन मुख्यमन्त्री अधिकारीले मन्त्रालय थप गर्ने निर्णय गरेका हुन्।

सर्वोच्च अदालतले बुधबारमात्रै दीर्घकालीन असर पर्ने निर्णय नगर्न मुख्यमन्त्री अधिकारीका नाममा अन्तरिम आदेश जारी गरेको थियो।

निवर्तमान मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले दायर गरेको रिटमा न्यायाधीश विनोद शर्माको एकल इजालसले सभामुख कृष्णप्रसाद धितालको समेत गणना गरेको र संवैधानिक व्याख्याको प्रश्न, संसदीय अभ्यास, सर्वोच्चबाट स्थापित सिद्धान्तलगायतका विषय निरूपण हुन आवश्यक देखिएको भन्दै यस्तो दिएको थियो।

नियुक्तिविरूद्ध अन्तरिम आदेश दिँदा सरकार शून्यताको अवस्था सिर्जना हुने भन्दै पूर्ण सुनुवाइका लागि १० वैशाखमा पेसी तोकिएको छ।

SHARINGS

Leave a Reply

Your email address will not be published. Required fields are marked *