जनकपुरधाम- जनता समाजवादी पार्टी (जसपा) नेपालको भातृ संगठन समाजवादी युवा संघ नेपालको तीन दिने प्रशिक्षण सम्पन्न भएको छ। जनकपुरमा शनिबारदेखि सुरु भएको प्रतिक्षण सोमबार सम्पन्न भएको हो।
जसपा अध्यक्ष उपेन्द्र यादव प्रमुख प्रशिक्षक रहेको कार्यक्रममा जसपाका विदेश विभाग प्रमुख अर्जुन थापालगायतले प्रशिक्षण दिएका थिए। प्रशिक्षण कार्यक्रममा समाजवादी युवा संघका देशैभरिका डेढ सयबढी युवा नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो।
कार्यक्रममा सातै प्रदेशबाट समाजवादी युवा संघका पदाधिकारी, जिल्ला नेतासहित सामाजिक सञ्जालमा सक्रिय युवाहरु सहभागी थिए।
जसपा अध्यक्ष यादवले पछिल्लो समय पार्टीका सबै भातृ, शुभेच्छुक र अन्य संगठनका नेता तथा कार्यकर्ताहरुलाई प्रशिक्षण दिने कार्यको निरन्तरता दिएका छन्।
यसअघि जसपाले मधेश प्रदेश कमिटि, लुम्बिनी प्रदेश, प्रदेश नं. १, प्रेस मञ्च नेपाल र समाजवादी महिला संघका पदाधिकारीहरुलाई प्रशिक्षण दिइसकेको छ।
अध्यक्ष यादवले प्रशिक्षणमा मधेसको इतिहास, आन्दोलन, राज्य सञ्चालन, नेपालको प्रशासनिक अवस्था, विश्व क्रान्ति, समाजवादलगायतका विषयमा नेता, कार्यकर्ताहरुलाई प्रशिक्षित गर्दै आएका छन्।
Leave a Reply