जनकपुरधाम- सप्तरीको महादेवा गाउँपालिकमा भीषण आगलागी भएको छ।
महादेवा गाउँपालिका–१ चिम्टी टोलमा आगलागी भएको हो।
आगलागीबाट करिब दुई सय घर जलेका छन्।
दिउँसो करिब २ बजे लागेको आगो स्थानीयको सहयोगमा बारुणयन्त्रले निभाउने प्रयास गरिरहेको छ।
आगलागबीबाट करिब ५ करोडबराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ।
गर्मी बढेसँगै तातो हावाको लहर सुरू भएयता पछिल्लो समय तराईका जिल्लाहरूमा आगलागिका घटनाहरू बढ्न थालेका छन्।
गत सातामात्रै महोत्तरीको मटिहानीमा भएको भीषण आगलागीमा १०३ घर जलेर नष्ट भएको थियो।
Leave a Reply