काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सदनमा प्रभावकारी भूमिका खेल्न पार्टीका सांसदहरूलाई निर्देशन दिएका छन्।
सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा मंगलबार बसेको बैठकमा उनले यस्तो निर्देशन दिएका हुन्।
प्रचण्डले पार्टीका सबै सांसदल सदनमा आफ्नो भूमिकालाई निखारेर लैजानुपर्ने बताए।
चालु अधिवेशनमा महत्वपूर्ण कानुन संसदमा पेस गर्ने सरकारले तयारी गरेको बताउँदै अध्यक्ष प्रचण्डले कानुन निर्माणमा सक्रिय भूमिका खेल्न सांसदहरूलाई आग्रह गरेको सचेतक रूरुपा चौधरीले जानकारी दिइन्।
Leave a Reply