सत्ता गठबन्धनको सहमतिमै राष्ट्रियसभा अध्यक्ष चयन हुन्छ : कांग्रेस

काठमाडौं- सत्तारुढ दल नेपाली कांग्रेसले गठबन्धन दलहरूबीचको सहकार्य छलफल र सहमतिमा अगाडि बढाउने निर्णय गरेको छ।

सरकारको नेतृत्व गरिरहेको माओवादी केन्द्रले राष्ट्रियसभा अध्यक्षमा उम्मेदवार खडा गर्ने निर्णय गरेपछि सत्ता गठबन्धनभित्र ‘खटपट’ को आशंका भइरहेको बेला कांग्रेसले यस्तो निर्णय गरेको हो।

कांग्रेस पदाधिकारीहरूको बिहीबार बसेको बैठकले सहकार्य र सहमतिमा अघि बढ्ने निर्णय भएको महामन्त्री विश्वप्रकाश शर्माले जानकारी दिए।

उनले गठबन्धनमा आवद्ध दलहरूबीच आपसी छलफल र वार्ताबाट अघि बढ्ने निर्णय भएको बताए।

महामन्त्री शर्माले राष्ट्रियसभाको अध्यक्ष पदमा उम्मेदवारी दिने निर्णय सत्तासाझेदार दलहरूबीच छलफल गरेर सहमतिका आधारमा हुने बताएका छन्।

माओवादी केन्द्रको स्थायी कमिटी बैठकले राष्ट्रियसभा अध्यक्षमा उम्मेदवारी दिने निर्णय गरेपछि गठबन्धन भत्किने आशंका भइरहेका बेला कांग्रेसले छलफल अगाडि बढाएको हो।

हालै सम्पन्न कांग्रेस महासमिति बैठकमा पेस भएका आगामी निर्वाचनमा गठबन्धन नगर्ने, हिन्दु धर्मलगायतका दस्तावेजलगातका विषयले माओवादी सशंकित बनेको देखिन्छ।

पार्टी सभापति शेरबहादुर देउवाको निवासमा बसेको बैठकमा उपसभापति पूर्णबहादुर खड्का, महामन्त्रीद्वय गगन थापा र शर्मा तथा संसदीय दलका प्रमुख सचेतक रमेश लेखक सहभागी थिए।

 

SHARINGS

Leave a Reply

Your email address will not be published. Required fields are marked *