सकियो चैते छठ

जनकपुरधाम- उदाउँदो सूर्यलाई अर्घ्य दिएर यसपालिको चैते छठ सम्पन्न भएको छ।

सोमबार बिहान उदाउँदो सूर्यलाई ब्रतालुहरूले अर्घ्य दिएसँगै चारदिने छठ सकिएको हो।

आइतबार अस्ताउँदो सूर्यलाई अघ्र्यदिइ जलासयमै राखिएको पूजन सामग्रीलाई ब्रतालुहरूले छठको अन्तिम दिन उदाउँदो सूर्यलाई अर्घ्य दिएका थिए।

छठको अन्तिम दिनलाई पारनसमेत भन्ने गरिन्छ। छठ पर्व सकेसँगै ब्रतालुहरूको करिब ३८ घन्टाको उपवाससमेत सकिएको छ।

कात्तिकमा मनाइने छठ पर्वजस्तै चैते छठमा पनि श्रद्धालुहरू जलासयमा पुगेर श्रद्धा र भक्तिभावका साथ पूजा गर्ने गर्दछन्।

छठ पर्व गर्नाले दुःख दरिद्रता अन्त्य हुनुका साथै सन्तानप्राप्ति र छालासम्बन्धी रोग निको हुने जनविश्वास रहेको छ।

सूर्य उपासना गर्ने संसारमा योमात्रै एउटा पर्व रहेको छ जसमा अस्ताउँदै र उदाउँदै गरेको सूर्यको पूजा गरिन्छ।

यसअघि जनकपुरधामको गंगासागर र धनुषसागरमा मात्र हुने चैते बिस्तारै अन्य पोखरीहरूमा समेत हुन थालेको छ। पछिल्लो समय चैते छठ गर्ने ब्रतालुको संख्या बढेको पाइन्छ।

छठका अवसरमा गंगासागर, धनुषसागर र अङ्गराजसागरका घाटहरू सजाइएका थिए।

चैते छठ गर्ने ब्रतालुहरूले यी पोखरीका घाटहरू भरिभराउ थियो।

SHARINGS

Leave a Reply

Your email address will not be published. Required fields are marked *