संसदीय छानबिन समिति बनाउन प्रधानमन्त्री सकारात्मक

फाइल तस्बिर

काठमाडौं- सहकारी प्रकरणमा संसदीय छानबिन समिति बनाउनबारे प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सकारात्मक रहेको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बताएको छ।

शनिबार प्रधानमन्त्र निवास बालुवाटारमा भएको छलफलमा संसदीय समिति बनाउन प्रधानमन्त्री सरकारात्मक देखिएको कांग्रेसले जनाएको हो।

कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले संसदीय छानबिन समिति बनाउने प्रधानमन्त्री प्रचण्ड सकारात्मक देखिएको बताए।

उनले संसदीय छानबिन समिति बनाउनबारे कांग्रेसले तयार पारेको मस्यौदामै केन्द्रित रहेर प्रधानमन्त्रीसँग छलफल भएको जानकारी दिए।

कांग्रेसले तयार पारेको मस्यौदामा सहकारी संस्थाहरूमा देखिएको संकटको समाधानार्थ सिफारिस गर्नेदेखि सुप्रिम सहकारी, सूर्यदर्शन सहकारी, स्वर्णलक्ष्मी सहकारीलगायतका संस्थाबाट अनुचित लाभ लिने एवं सहकारी ऐनविपरित कार्य गर्ने वा कार्य गर्न मद्त पु¥याउने व्यक्ति र गोरखा मिडिया नेटवर्क प्रालिजस्ता कम्पनीका प्रबन्ध निर्देशक रहेका रवि लामिछानेलगायत शेयर धनी एवं सञ्चालकसमेकाबारे अध्ययन गरी कानुनी कारबाहीसम्बन्धी सुझाव र सिफारिस गर्नेसहित तीन बुँदा रहेका छन्।

बैठकमा प्रधानमन्त्री प्रचण्ड, माओवादी केन्द्रका नेता जनार्दन शर्मा, कांग्रेस सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, नेता कृष्ण सिटौला, महामन्त्री गगन थापा र प्रमुख सचेतक रमेश लेखक सहभागी थिए।

 

SHARINGS

Leave a Reply

Your email address will not be published. Required fields are marked *