काठमाडौं- संसदीय छानबिन समितिको कार्यदेश (टिओआर) टुंग्याउन बसेको कार्यदलको बैठक विनानिष्कर्ष टुंगिएको छ।
कार्यदलको टिओआरमा सहमति जुट्न नसकेपछि बैठक विनानिष्कर्ष टुंगिएको हो।
सत्तापक्ष र प्रतिपक्ष आ–आफ्नो अडानमा रहँदा कार्यदलको बैठकमा सहमति जुट्न नसकेको हो।
सिंहदरबारमा भएको भएको बैठकपछि एमालेका प्रमुख सचेतक महेश बर्तौलाले बुँदागत रूपमा सहमति जुटाउने समय लाग्ने बताएका छन्।
सैद्धान्तिक रूपमा सहमति भए पनि बुँदागत रूपमा टुंग्याउन बाँकी रहेको उनको भनाइ छ।
विषयगत, नीतिगत र कानुनी रूपमा कसरी लाभ हुनसक्छ भनेर टुंग्याउन बाँकी भएकाले केही समयपश्चात सहमति हुनसक्ने बर्तौलाले जानकारी दिए।
‘एकाध विषयमा कांग्रेसको असहमति छ। कांग्रेसले छलफल गर्न थप समय माग गरेको छ। सैद्धान्तिक रूपमा सहमति भए पनि बुँदागत रूपमा आज बेलुकासम्म सहमति हुनसक्छ,’ उनले भने।
बर्तौलाका अनुसार एक घन्टापछि पुनः कार्यदलको बैठक बस्नेछ।
Leave a Reply